पोखरामा आज पनि एमालेको प्रदर्शन

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– आज बुधबार पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिका घेरेका छन् । करार कर्मचारी हटाउने कार्यपालिका बैठकले निर्णय गरेपछि एमाले हप्ता दिनदेखि विरोध गर्दै आएको छ ।

बुधबारको प्रदर्शनमा एमालेले विशेष नगरसभा माग गरेको छ । बिहीबार लिखित रूपमा नगरसभा मागको पत्र बुझाउने दलका नेता राधिका शाहीले जानकारी दिइन् ।

उनले भनिन्, ‘बिहीबार उपमेयर आउनुहुन्छ । सल्लाह गरेर लिखित माग गर्छौँ ।’ नगरसभामा एमाले बहुमत छ । कार्यपालिकामा भने कांग्रेसको बहुमत छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us