काठमाण्डु, २८ कात्तिक- काठमाण्डुको कोटेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कोटेश्वर भाटभटेनी अगाडि मंगलबार राति एक पुरुषको मृत्यु भएको हो ।
अनेदाजी ४० वर्षका मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।