निर्मला पन्तको बलात्कारी चिनेको दाबी गर्ने अर्याल सम्पर्कविहीन

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १३:०१ मा प्रकाशित

Screenshot

काठमाण्डु, २८ कात्तिक– कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पन्तको बलात्कारपछि हत्याको घटनाको प्रत्यक्षदर्शी दाबी गर्दैं हिंडेका गोरखा स्थायी ठेगाना भई हाल काठमाण्डु बस्ने नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको हो ।

करिब ४ घण्टा बयानपछि बुधबार फेरि उपस्थित हुने सर्तमा उनलाई कागज गराएर छाडिएको ब्युरोका एसपी होबिन्द्र बोगटीले बताए । बुधबार भने उनी सिआईबीमा उपस्थित भएका छैनन् । सिआईबीका एक अधिकृतका अनुसार अर्यालको दाबी र घटनाको वास्तविकताबीच तालमेल मिल्दैन ।

अर्यालले एक टेलिभिजन अन्तर्वार्तामा आफूले विभिन्न मन्त्रीको चालकका रुपमा काम गरेको र मन्त्रीकै गाडी चलाइरहेका बेला उखुबारीमा निर्मलामाथि बलात्कार भइरहेको देखेको दाबी गरेका थिए ।

आफू घटनाको प्रत्यक्षदर्शी भएका कारण दोषी उम्काउन ज्यान मार्ने उद्देश्यले पटकपटक आफूमाथि सांघातिक महला भएको पनि उनले बताएका छन ।

२०५८ सालमा खानेपानी विभागमा सवारी चालकको रूपमा काम थालेको बताउने अर्यालले वर्तमान उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकसहित १६ जना मन्त्रीको गाडी चलाएको दाबी पनि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us