काठमाण्डु, २७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले साना दलले शासन गर्ने कुरा लोकतन्त्रमा उचित नहुने बताएका छन ।
आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले सान दलले शासन गर्ने परम्परागत अन्त्य गरिनुपर्ने पनि बताएका छन । उनले भने, ‘लोकतन्त्रमा सानो भएर शासन गर्ने कुरा उचित होइन, त्यो अन्त्य हुनुपर्छ ।’
तर म्याजिक नम्बर पायौं भन्दै साना दलले शासन गर्ने परम्परा देखिएको उनले बताए ।
आगामी चुनाव ०८४ बाट साना दलले शासन गर्ने परम्परा तोड्नेगी काम भइरहेको महासचिव पोखरेलले बताएका छन ।
त्यो तयारी संविधान संशोधनबाटै हुने पोखरेलले बताएका छन् । ‘त्यो परिपाटीलाई चुनावबाट अन्त्य गर्ने हिसाबले हामीले संविधान र कानून सुधारका विषय अगाडि बढाएका हौ’, महासचिव पोखरेलले भने ।