सञ्चारकर्मीलाई मनाङेको प्रतिक्रियाः तिमीहरुले भात खान पनि दिएनौ

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १५:११ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– ज्यान मुद्दामा दोषी ठहर पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारहरुले भात खान पनि नदिएको गुनासो पोखेका छन ।

जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा मनाङेले यस्तो गुनासो पोखेका हुन ।

फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेस गरेको थियो । फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका थिए ।

त्यसपछि अदालतबाट बाहिरिने क्रममा पत्रकारहरुले मनाङेको प्रतिक्रिया मागेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै उनले ‘तिमीहरुले भात खान पनि दिएनौ क्यारे’ भनेका थिए ।

अदालत परिसरको भिड छिचोल्दै प्रहरीले मनाङेलाई कारागारतर्फ लगेको थियो । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो ।

उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले अब बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us