रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्याइयो

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइएको छ ।

लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२ः २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले जानकारी दिएकी छन ।

‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’, डीउसपी खनालले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us