दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– आज (मंगलबार) काठमाण्डुको सितापाइलाबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो –सीआईबी)बाट अदालततर्फ लगिएको छ ।

अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । उनलाई आज बिहान सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै ०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us