पोखराबाट जनकपुर आउँदै गरेको बस रौतहतमा दुर्घटना, १२ यात्रु घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन ।

आज मंगलबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिएका छन । बस चालक दोलखा सैलुङ गाउँपालिका ८ बस्ने ३५ वर्षीय पदम बहादुर बस्नेत र र सह चालक बाराको करैयामाई गाउँपालिका ७ बस्ने ३० वर्षीय सुरज पौडेललाई प्रहरीचोकी पौराहीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी रायले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us