काठमाण्डुबाट भैरहवा उडेको बुद्धको जहाज पोखरा ‘डाइभर्ट’

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– काठमाण्डुबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पोखरा ‘डाइभर्ट’ गरीएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ जहाज काठमाण्डुबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो ।

अहिलेसम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन । उता, पोखरामा पनि आज बिहानैदेखि ‘भिजिबिलिटी’ नहुँदा जहाजहरू उड्न सकेका छैनन् ।

प्रहरीले रास्वपा अध्यक्ष रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याउँदै छ । तर, जहाज उड्न नसक्दा उक्त टोली समेत पोखराबाट अझै उड्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us