काठमाण्डु, २७ कात्तिक– गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजिब गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।
सितापाइलास्थित कम्फर्ट हाउजिङबाट मंगलबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापले मनाङेलाई आजै जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराइँने बताए ।
मनाङेलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । मनाङेलाई ज्यान मार्ने उद्योग कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत २० कात्तिकमा पाँच वर्ष जेल सजाय सुनाएको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ मा ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसला सदर गरेको हो ।
मनाङेमाथि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि सांघातिक हमला गरेको आरोप छ ।