ट्यांकरमा हावा भर्ने क्रममा टायर पड्किएर एक जनाको मृत्यु, ५ घाइते

काठमाण्डु टुडे २०८१ कार्तिक २७ गते १०:५४ मा प्रकाशित

मकवानपुर, २७ असोज–हेटौंडामा हावा हाल्ने क्रममा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ ।

घटनामा अरु पाँच जना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा गएराति १ बजेको समयमा मधेश प्रदेश–०३–००२ख०३०० नम्बरको पेट्रोल बोकेको भर्ने क्रममा टायर पड्किँदा भारतीय नागरिक ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक टायर मर्मत पसल चलाउँदै आएका थिए ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us