कुलमानलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भनेः उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन दिइँदैन

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने संकेत गरेका छन ।

आज (सोमबार) साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधामनमन्त्री ओली यस्तो बताएका छन । उद्योगहरूमा लाइन जोड्न सरकारले दिएको निर्देशन कुलमानले आनाकानी गरेकोबारे प्रधानमन्त्रीलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

विद्युत लाइन आज पनि जोडिएन निरु भन्ने प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘जोडिएन हैनरु ठिक छ त्यो हेर्दै जानुपर्छ। तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’

यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पनि सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका थिए । प्रधानमन्त्रीले पनि ‘देश बिगार्न र टाट पल्टाउन नदिने’ बताएर सरकारी योजनाबारे संकेत गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us