बिजुली काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय नमाने सरकार कडा रूपमा प्रस्तुत हुन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् ।

आज सोमबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका छन ।

बिजुली काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय नमाने सरकार कडा रूपमा प्रस्तुत हुने उनले बताएका छन ।

उनले भने, ‘राजस्व र विद्युत् महसुलको बक्यौता पनि उठ्नुपर्छ । सरकारको यो निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारुकता देखाउनुपर्छ, ‘नेपाल सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us