
एजेन्सी–अमेरिकाको न्यूयोर्कमा छाती देखाउने सन्दर्भमा महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै परेड भएको छ ।
आइतबार भएको परेडमा बक्षस्थल खुल्लै राखेका महिलाहरुले परेड गरेका हुन् । बक्षस्थल खुल्ला राखेका महिलाहरुलाई पनि छाती खुल्ला राखेर पुरुषहरुले साथ दिएका थिए ।
प्रदर्शनकारीहरुले छाति देखाउन पाउनुपर्ने अधिकारलाई संवैधानिक रुपमा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । शरीरको माथिल्लो भाग खुल्ला राख्नुपर्ने दिवसको सन्दर्भमा उनीहरुले उक्त परेड गरेका थिए ।
आइतबार भएको प्रदर्शनको थिम थियो,‘ बुबी ट्रायाप’ । प्रदर्शनकारीको तर्क छ, ‘सार्वजनिक स्थलमा पुरुषहरुलाई शरीरका माथिल्लो भाग खुला गर्ने अधिकार हुन्छ भने महिलालाई किन नहुने ? यदि महिलालाई यस्तो अधिकार दिइन्न भने पुरुषले पनि छाती छोप्नुपर्छ ।’