काठमाण्डु, २६ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आगामी २ पुसमा केन्द्रीय समितिको बैठक बोलाउने निणर्य गरेको छ ।
आज (सोमबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन ।
प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको छ । साथै जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन ।