बाख्रा चोरेको निहुँमा एक जनाको हत्या, ५ जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरी हत्या भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको बोहराले जानकारी दिएका छन । भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल९नाम परिवर्तन०, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले जानकारी दिएका छन ।

भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us