तीव्र गतिको भारतीय कार ट्याक्टरसँग ठोक्कियो, एकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १०:१८ मा प्रकाशित

रौतहट, २५ कात्तिक– रौतहटमा भारतीय नम्बरको कार र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुरस्थित पौराइमा आइतबार राति करिब आठ बजे लु५त १४०९ नम्बरको ट्याक्टर र बीएसी ५६०३ नम्बरको कार आपसमा ठोक्किएको हो ।

मृत्यु हुनेमा भारत पूर्वी चम्पारणका ४० वर्षीय भोला गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरीका डीएसपी दीपककुमार रायले खेतमा धान झारेर राजमार्गमा निस्कँदै गरेको ट्याक्टरसँग तीव्र गतिमा आएको कार ठोक्किएको बताए । दुवै चालकको असावधानीका कारण दुर्घटना भएको रायले जानकारी दिए ।

धान झार्ने क्रममा बिग्रिएको थ्रेसर बनाएर सोही ट्याक्टरमा चढेर डेरा फर्किंदै गर्दा दुर्घटना भएको हो । कार चालक चितवनको भरतपुर महानगरपालिका–२ का दल्लु बनसल पक्राउ परेका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us