बागलुङको जैमिनीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २६ गते १०:०९ मा प्रकाशित

बागलुङ, २५ कात्तिक– बागलुङको जैमिनी नगरपालिका–७जैदीको व्यार्थला नजिकै सोमबार जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जैमिनी–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको पीक अप भ्यान सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । बागलुङ प्रहरीका इन्स्पेक्टर केशव थापाले जिप सडकदेखि सय मिटर तल खसेको जानकारी दिए ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us