काठमाण्डु, २५ कात्तिक– आज आइतबार कालीकोटको पलाँतामा भएको जीप दुर्घटनाको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ । भर्खरै हेलिकप्टर घटनास्थलमा अवतरण भएको पलाँता गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिएकी छन ।
आज दिउँसो भएको जीप दुर्घटनामा ८ जनाको मृत्यू भएको छ । पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।