मानव तस्करी प्रकरणमा मुछिएका पूर्वमन्त्री अधिकारीमाथि अनुसन्धान गर्न अदालतले दियो २ दिनको म्याद

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ ।

जिल्ला अदालत काठमाण्डुले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एक उच्चअधिकृतले मानव बेचबिखन तथा ओसारपसार –नियन्त्रण) ऐन,२०६४ अधिकारीमाथि आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने जानकारी दिए । उनीमाथि जापानमा आफूसँगै असम्बन्धित मान्छेलाई लगेर मानव तस्करी गरेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us