काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई काठमाण्डु ल्याइ अदालतमा पेस गरिएको छ ।
जिल्ला सरकार वकिलको कार्यालयमार्फत उनलाई प्रहरीले जिल्ला अदालत काठमाण्डुमा पेस गरीएको हो । जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई २ दिन म्याद थपको माग गरिएको छ ।
अब अदालतमा बहस पछि म्याद थपबारे निर्णय हुनेछ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।