काठमाण्डु, २५ कात्तिक– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि एमालेका नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा जाने भएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरूको १५ सदस्यीय टोली दश दिने चीन भ्रमणमा जान लागेको एक नेताले जानकारी दिएका छन । पोखरेल नेतृत्वको टोली कात्तिक २६ गते चीन प्रस्थान गर्नेछ ।
टोलीमा पोखरेलबाहेक एमाले सचिव समेत रहेका नेता लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू शान्ति ढकाल, सरिता भुसाल, टङ्कप्रसाद बराल रहेका छन् । त्यस्तै नेताहरू राजकुमार भण्डारी, मुहम्मद कैस, दीपक ज्ञवाली, रोशनी मेचे, पूजन न्यौपाने, आशिस जोशी रेग्मी, सम्झना देवकोटा, सानुराजा पोखरेल र दीपेन्द्र श्रेष्ठ पनि भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा चीन जान लागेका नेताहरूले बेइजिङ लगायतका प्रान्तको भ्रमण गर्नेछन् । पोखरेल नेतृत्वको टोली मङ्सिर १० गते स्वदेश फर्कनेछ ।