काठमाण्डु, २५ कात्तिक– मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई काठमाण्डु ल्याइएको छ ।
उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाण्डु ल्याइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी जानकारी दिएका छन ।
उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप लागेको छ ।