काठमाण्डु, २५ कात्तिक– काठमाण्डुको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ । चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले जानकारी दिएको छ ।
अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिएका छन ।