काठमाण्डु, २५ कात्तिक– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सरकारले नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रा.डा कृष्ण प्रसाद ओलीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
ओलीलाई आज आइतबार राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम राजदूत नियुक्त गरेका हुन् । सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो ।
अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ । प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् ।