काठमाण्डु, २५ कात्तिक– सात्ताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।