खैरो हेरोइन र चरेससहित ५ जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– कौलालीबाट प्रहरीले खैरो हेरोइन र चरेससहित ५ जनालाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिकबाट सोही स्थानमा बस्ने २३ वर्षीय रोशन खड्का, १६ वर्षीय देव शर्मा र २१ वर्षीय अमित शर्मालाई शङ्का लागि चेकजाँच गर्दा निजहरूको साथबाट शुद्ध तौल १५० मिलिग्राम खैरो हिरोइन, १ ग्राम ५६० मिलिग्राम चरेस फेला परेपछि उनीहरूलाई पक्राउ गरीएको कौलाली प्रहरीले जानकारी दिएको छ ।

साथै धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट धनगढी–१३ बस्ने १९ वर्षीय नीरज राना र २१ वर्षीय सुनिल रानालाई ५ ग्राम ८४० मिलिग्राम लागु औषध ९खैरो हेरोइन० र ५ ग्राम ९९० मिलिग्राम खैरो हेरोइन, १ ग्राम ५६० मिलिग्राम चरेससहित पक्राउ गरिएको हो ।

निज पाँचै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि हिरासत राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us