काठमाण्डु, २५ कात्तिक– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाएका थिए ।
तर उनको व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिएका छन । अब अर्काे बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने उनले जानकारी दिएका छन ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने सचिव साहले जानकारी दिएका छन ।