काठमाण्डु, २५ कात्तिक– प्रहरीले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरीएको पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु दुवै जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।