शाहरुख खान र रेखाबीच टक्कर हुने भो

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, १० भदौ– बलिउडकी सदावहार अभिनेत्री रेखा र शाहरुख खानबीच कडा भिडन्त हुने भएको छ ।

saharukh-rekha
उनीहरुबीच भौतिक भिडन्त नभई चलचित्र प्रदर्शनका क्रममा भिडन्त हुने भएको हो । ‘शाहरुख को ह्याप्पी न्यू इएर’ र रेखाको सुपर नानी’ चलचित्र एकै दिन प्रदर्शनमा आउने समाचारले हलिउडको बजार तातेको छ ।

दुवै चलचित्रको प्रदर्शन तिहारको अवसरमा आगामी अक्टुबर २४ तारेखका दिन प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । रेखाको फिल्म सुपर नानीका सहकायक निर्माता अशोक ठाकेरियाले अक्टुबर २४ तारिखका दिन आफ्नो चलचित्र प्रदर्शनमा आउने बताएका छन् ।

चलचित्रमा अनुपम खेर र रणधीर कपुरलगायतका कलाकारले अभिनय गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us