फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु: दीपक मनाङे

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– गण्डकी प्रदेश सांसद दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन ।

आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले यस्तो बताएका हुन । मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति व्यक्त गरेका छन ।

केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचारहरु बाहिर आएका थिए ।

यद्यपि, उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको विज्ञप्तिमा उल्लेख गरेका छन ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समभारहरु आइरहेको पाएको छु ।

यसमा मेरो आपत्ति छ ।’उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् ।

उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us