काठमाण्डु, २३ कात्तिक– विश्व शक्ति राष्ट्र अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ आज दोस्रो दिन नै उकालो लागेको छ । आज शुक्रबार एकैदिन सुनको भाउ दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज दुई हजाले सुनको भाउ वृद्धि भएसँगै छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार यस्तो मूल्य १ हजार ९६० रुपैयाँ थियो ।