काठमाण्डु, २३ कात्तिक– कांग्रेस महामन्त्री गगन थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भएको पनि बताएका छन । महामन्त्री थापाले भने, ‘तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो ।
हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो, यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो ।
एकदमै आनन्दको अनुभूति भयो ।’ महामन्त्री थापाले काठमाण्डुको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन ।