काठमाण्डु, २३ कात्तिक– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिएका छन ।
आगामी बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने उनले जानकारी दिएका छन ।
आगामी १६ मङ्सिरमा स्थानीय तह उपनिर्वाचन हुँदै छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।