रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १०:०७ मा प्रकाशित

काठमाण्डू, २३ कात्तिक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कात्तिक २४ गते शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनिसार बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा जारी आन्दोलनको समीक्षा, समसामयिक राजनीतिक गतिविधि र पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us