काठमाण्डु, २३ कात्तिक– एमाले नेता गोकुल बाास्कोटाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत बाँसकोटाले ओली लक्षित टिप्पणी गरेका हुन ।
उनले ट्रेड मिलमा १२ किमीको गतिमा ७ किलोमिटर हिंडेर सबै राम्रो भइरहेको छ भन्नेहरुका कुरा पत्याउँदा एकैपटक छाँगाबाट खसेजस्तो हुने भन्दै ओलीलाई सचेत गराएका छन् । यद्यपि सबै कुरा थाहा पाउँदा ढिला भइसकेको हुने उनले बताए ।
‘ट्रेडमिलमा १२ किमीको गतिमा सात किलोमिर दौडेर असिनपसीन हुँदै मैले सातगाँऊ घमेर आएँ । सब राम्रो छ हजूर भनेर नथाक्नेको कुरा पत्याउने जो कसैले एकैचोटि छाँगाबाट कहालिँदै खसेपछि मात्र थाहा पाउछन् कि म भ्रममा रहेछु र धरातल फरक रहेछ भनेर ’, बाँसबोटाले एक्समा लेखेका छ्, ‘तर त्यसबेला समयले उस्लाई धेरै पछाडि छोडिसकेको हुनेछ ।’
पछिल्लो समय बाँसकोटा ओलीसँग असन्तुष्ट छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले अध्यक्ष बनाउने अभियानमा छन् । बाँसकोटाले केही महिनाअघि गृहजिल्ला काभ्रेमा भण्डारीलाई पार्टी कार्यक्रममा प्रमुख अतिथि बनाएर लगेका थिए ।
त्यसप्रति ओलीले असन्तुष्टि जनाएका थिए । श्रोतका अनुसार ओली प्रधानमन्त्री भएको १ सय दिन बित्दासमेत बाँसकोटा बालुवाटार गएका छैनन् ।