दोलखा, २३ कात्तिक- दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहीबार रीति भूकम्प गएको जनाएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प भएको जानकारी दिए ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसयता पटकपटक भूकम्पको परकम्प गइरहेको केन्द्रले जनाएको छ ।