नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १५:११ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडानको लागी नेपाल एयरलाइन्सले तालिका परिवर्तन गरेको छ ।

भोलि शुक्रबार अर्थात (कात्तिक २३) गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरीएको नेपाल एयरलाइन्सले जनाएको छ ।

भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द हुँदै छ । योसँगै नेपाल एयरलाइन्सले काठमाण्डु–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ ।

त्यस्तै ११ बजेको काठमाण्डु–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ । त्यसैगरी काठमाण्डु–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको एयरलाइन्सले जनाएको छ ।

यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाण्डुबाट अवतरण हुने समय पनि परिवर्तन भएको छ ।

यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११ः२५ मा काठमाण्डुमा अवतरण हुन्थ्यो । अब ९ः२५ मा आइपुग्ने एयरलाइन्सले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us