एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १८:३० मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आगामी २४ कात्तिकमा पार्टी मुख्यालय च्यासलमा बोलाइएको एमालेका एक नेताले जानकारी दिएका छन ।

आगामी सचिवालयको बैठकमा १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचको तयारी र उम्मेरदवारीलाई अन्तिमरुप दिने एमालेका ति नेताले जानकारी दिएका छन ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us