प्रधानमन्त्री ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १५:४३ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ ।’ प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ ।

गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो । पहिलो विदेश भ्रमण प्रधानमन्त्री ओलीले चीनबाट सुरु गर्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us