काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा प्रहरीले महिला प्रदर्शनकारीलाई पक्राउ गरीएको कास्की प्रहरीले जानकारी दिएको छ ।
उनको नाम खुलेको छैन । सभापति लामिछानेलाई म्याद थपका लागि उपस्थित गराइने भएपछि पार्टीका कार्यकर्ता र समर्थकले आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।