काठमाण्डु, २० कात्तिक– प्रहरीले सर्लाहीबाट नक्कली नोट र पेस्तो सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२ बाट सोमबार पेस्तोल र नक्कली भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेललाई पक्राउ गरीएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, एकहजार दरको २० थान नक्कली नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।