जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १३:०३ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउने विषयमा प्रहरीले कास्की अदालतले गर्ने निर्णय हेरेर आवश्यक रणनीति बनाउने भएको छ।

आज कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही ल्याउने, यदि म्याद नथपिएमा रुपन्देहीबाट यस अघि भएको पक्राउ पुर्जाको आधारमा पक्राउ गरी रुपन्देही ल्याउने योजना प्रहरीके रहेको छ ।

कास्की अदालतले दिने आदेशको आधारमा छठपछि ल्याउने कि आज भोलि ल्याउनेमा भर पर्ने रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन ।

उनले भने, ‘कास्की अदालतले म्याद थपेमा छठपछि रुपन्देही ल्याइने छ, नथपेमा यहाँबाट जारी भए पक्राउ पुर्जीको आधारमा आज या भोलि रुपन्देही ल्याउँछौँ ।’

यससँगै रवि लामिछानेलाई कास्की अदालतले थुनामुक्त गरे पनि पुनः रुपन्देही प्रहरीले पक्राउ गर्ने देखिएको छ । फलतः लामिछाने तत्काल हिरासतमुक्त नहुने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us