गुडिरहेको कार हुत्तिएर पोखरीमा डुब्यो, दुईजना बेपत्ता

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते ८:४६ मा प्रकाशित

सर्लाही, २० कात्तिक- सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरमा कार पेखरीमा डुबेको छ ।

बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार मंगलबार बिहान अनियन्त्रित भई सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा डुबेको प्रहरीले जनाएको छ ।

कारमा सवार गौशाला नगरपालिका-१० का अन्दाजी ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता छन् ।

सर्लाही प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला-२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर आएका छन् ।

बेपत्ताको खोजीका लागि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको  श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us