काठमाण्डु, १६ कात्तिक– प्रहरीले काठमाण्डुको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्ष भीम कुमारी तामाङलाई नियन्त्रणमा लिएको छ ।
अध्यक्ष तामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
३६ वर्षीया भीम कुमारीलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डुबाट पक्राउ अनुमति जारी भएको थियो ।