तिहारमा बढ्यो माछाको मूल्य

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १४:३७ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– नेपालीहरुको महान पर्व तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको छ ।

गएको १ कार्तिक मा ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ थियो, भने कार्तिक १४ गते ९ रुपैयाँले मूल्य बढेर ३६१ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, २४५ रुपैयाँ प्रतिकिलो पर्ने ताजा बचुवा माछाको मूल्य वृद्धि भई २६३ रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीमा उल्लेख गरीएको छ ।

यस्तै, १४ दिन अगाडी प्रतिकिलो छडी माछाको प्रतिकिलो २५० रुपैयाँ प्रतिकिलो पर्थ्यो भने सोको मूल्य वृद्धि भई २६० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ । यो मूल्य ताजा माछाको रहेको कालीमाटी बजार विकास समितिले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us