ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १३:३४ मा प्रकाशित

पाल्पा, १६ कात्तिक- पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

फेदीबाट खहरेतर्फ जाँदै गरेको लु२ख१४५ नम्बरको ट्रकले बिहीबार राति करिब साढे ९ बजेतिर ठक्कर दिंदा

माथागढी गाउँपालिका–२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

ठक्करबाट घाइते भएका ढेगालाई लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us