नुवाकोट, १६ कात्तिक- टोखा–छहरे सडकअन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
अर्का एक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
तादी–३ कै राजाराम श्रेष्ठ गम्भीर घाइते छन् । उनको काठमाण्डुको टोखास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार मिनीट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।