काठमाण्डु, १५ कात्तिक– सङ्खुवासभा मकालु गाउँपालिका ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन-९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमद रहेका छन् । हिजो साँझ ७ बजे भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
भारतीय नागरिक ईश्वर पासवान, योगेन्द्र पालको शरीरका विभिन्न भागमा चोटपटक लागेकोले अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन ।