बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १४:२० मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भिड नियन्त्रणका लागि यथेष्ट मात्रामा प्रहरी परिचालन गरिएको काठमाण्डुका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन । उनले भने, ‘आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

प्रदर्शनस्थलमा सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईले गरेका छन् । डिएसपीहरू मदनजित महरा, सुनिलजंग शाह, सत्य थापा र सुकदेव खनाल सहितका डिएसपी खटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us